नियम १०
प्राकृतिक प्रकोप हुने वा हुन सक्ने जग्गा तोक्ने –
(१) जलाधार संरक्षण अधिकृतले संरक्षित जलाधार क्षेत्रभित्रको जग्गा मध्ये बाढी पैरो आउने वा आउन सक्ने वा भू–क्षय वा भू कटान हुने वा हुन सक्ने जग्गाको क्षेत्रफल र सिमाना तोकिदिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम तोकिदिएको जग्गामा नियम ११ बमोजिम अनुमति नलिई ऐनको दफा १० को खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ) र (ज) मा उल्लिखित
कार्यहरु कसैले गर्न पाउने छैन ।(३) यस नियम बमोजिम प्राकृतिक प्रकोप हुने वा हुन सक्ने भनी तोकिदिएको जग्गाको सिमाना र सो क्षेत्रमा अनुमति नलिई गर्न नपाइने कार्यहरुको विवरण सहितको सूचना सर्वसाधारणको जानकारीको लागि सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिका र जिल्ला विकास समितिको कार्यालयमा टा“स्नु पर्नेछ ।